Big News- ग्यास पाइप लाइन बिस्फोट, कम्तीमा १२ जनाको मृत्यु


चीनको हुबेइ प्रान्तको शियान शहरको बस्ती नजिकै ग्यास पाइप लाइन बिस्फोट हुँदा कम्तीमा १२ जनाको ज्यान गएको छ । आइतबार बिहान भएको घटनामा अरु ३९ जना गम्भीर घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उद्धारको काम जारी रहेको बताए पनि घटनाको कारणबारे स्थानीय प्रशासनले केही जानकारी दिएका छैनन् । सन् २०१३ मा भएको यस्तै प्रकारको बिस्फोटमा ५५ जनाको ज्यान गएको छ ।

प्रकाशित : २०७८ जेष्ठ ३०, आईतवार १३:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ