काठमाडौं : निरन्तर पानी परिरहँदा आगामी ३ दिनसम्म विभिन्न नदीनाला र खहरे उर्लिएर जनधनको क्षति हुन सक्ने भन्दै जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सतर्क गराएको छ ।
महाशाखाले जारी गरेको सूचनाअनुसार नारायणी नदीको जलसतहले खतराको तह पर गरिसकेको छ । देवघाटस्थित बाढी मापन केन्द्रले जलसतह बढ्ने क्रम जारी रहेको जनाएको सूचनामा उल्लेख छ ।
त्रिवेणी र सुस्ताका होचा ठाउँहरु डुबानमा पर्न सक्ने भएकोले भोलि मध्याह्नसम्म उच्च सतर्कताका साथ सुरक्षित ठाउँमा रहन महाशाखाले सूचित गरेको छ । मधेसका कतिपय नदीनालामा पनि बाढीको उच्च जोखिम रहेको छ ।