जनकपुरमा ४ वर्षकै बालिका बलात्कृत, ५० वर्षीय पुरुष पक्राउ


जनकपुरधाम : जनकपुरमा ४ वर्षकै बालिकालाई ५० वर्षीय पुरुषले बलात्कार गरेको घटना सार्वजनिक भएको छ । बलात्कारको आरोपमा जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टीकी ५० वर्षीय छेदु मण्डल पक्राउ परेका हुन् ।

स्थानीय ४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मण्डललाई पक्राउ गरेको धनुषा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले पीडित परिवारको उजुरी आधारमा मण्डललाई पक्राउ गरेको बताए ।

बालिकालाई खेलाउन भनी मंगलवार घरमा लगेको र पछि आँपको बगैँचामा लगेर बलात्कार गरेको पीडित परिवारको आरोप छ । प्रहरीले अनुसन्धान तथा आवश्यक कारबाही थालेको बताएको छ ।

प्रकाशित : २०७८ असार २, बुधबार १६:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ