टुडेखोज, जनकपुरधाम : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले धनुषाको शहिदरनगर नगरपालिका ३ यदुकोहामा दलित दलानको शिलान्यास गरेका छन् ।
बिहीवार एक समारोहबीच मन्त्री अरगरियाले पूजापाठ गरी दलानको शिलान्यास गरे । उक्त दलान ६० लाखको लागतमा निर्माण हुने बताइएको छ । मन्त्री अरगरियाले दलान समयमै र तोकेको मापदण्ड अनुसार निर्माण गर्न निर्देशन दिएका छन् ।
दलान निर्माण हुने भएपछि स्थानीय खुसी भएका छन् । स्थानीयका अनुसार विगतमा विवाह जस्ता कार्यहरु गर्न बडो समस्या हुन्थ्यो । अब सामुहिक दलान बनेपछि समस्या समाधान हुन्छ ।
यस्तै मन्त्री अरगरियालाई शहिदनगर नगरपालिकाकै धबौली यादव टोलमा ढोल पिपहीबाट भव्य स्वागत गरिएको छ । त्यहाँका यूवाहरुले १०१ किलोको माला समेत मन्त्री अरगरियालाई लगाएका थिए ।