सप्तरी : नवगठित सरकारमा दलित समुदायबाट मन्त्री मण्डलमा सहभागीता नगराएको भन्दै राष्ट्रिय दलित मुक्ति जागरण अभियानले विरोध गरेको छ ।
सप्तरीको कल्याणपुरमा दलितका अगुवाहरुले प्रदर्शन गरेका हुन् । उक्त विरोधसभामा अभियानका जिल्ला संयोजक प्रथमलाल रामले सरकार नै दलितसँग विभेद गरिरहेकोमा दुःख व्यक्त गरे । उनले कोरोना महामारीका बेला राजनीतिक दलको कार्य निन्दनीय रहेको बताए ।
उनले भने, ‘पटक–पटकको संसद विघटन र सरकार निर्माणले देश अन्यौलमा फसेको छ । महामारी र राजनीतिक संकटको नाममा दलित समुदायमाथि राज्य र राजनीतिक दल मिलेर दमन, विभेद र शोषण गरिरहेको छ ।’
त्यस्तै सम्बोधनको क्रममा बद्री सदाले दलितमाथि महामारीसँगै जन्मेको राजनीतिक महामारीलाई दलित समुदायको जीवन पुरै धरापमा पारेको आरोप लगाए । त्यस्तै अर्का वक्तव्य चन्द्रनारायण रामलाल, महामारीमा भोकभोकै मर्न लागेको दलितलाई दोस्रो चरणको लकडाउनमा पनि दलित अत्याचार न रोकिएको भन्दै रोस व्यक्त गरे ।
कार्यक्रम अभियानका जिल्ला संयोजक तथा संयुक्त दलित संघर्ष समितिका जिल्ला अध्यक्ष समेत रहेका प्रथमलाल रामले अध्यक्षता गरेका थिए । वर्तमान नवगठित संघ र प्रदेश सरकारमा एकजना पनि दलित समुदायलाई मन्त्री बनाएको छैन ।