सेप्टम्बरदेखि कोरोनाको तेस्रो लहर, गति दोस्रो लहरको भन्दा बढी हुने


एजेन्सी : भारतमा कोरोनाको तेस्रो लहर सेप्टम्बर देखि अक्टोबरको वरिपरि हुने दाबी गरिएको छ । कोरोना महामारीको दोस्रो लहरले आक्रान्त भएको भारतमा फेरी तेस्रो लहरको पुर्वानुमान गर्दै सेप्टम्बर देखि अक्टोबरको वरिपरि हुने आईआइटी कानपुरले दाबी गरेको हो ।

आइआइटी कानपुरका प्रोफेसर राजेश रन्जन र उनको टिमले गरेको अध्यययनबाट यस्तो पुर्वानुमान गरेको गरिएको हो । कोरोनाको तेस्रो लहरको अनुमान लगाउदै प्रो. रन्जनले जनताहरु यस विषयमा चिन्तित भएको बताएका छन् । उनले एसआईआर मोडलेको प्रयोगबाट दोस्रो लहरको महामारीलाई पारामिटरको आधारमा संम्भावित तेस्रो लहरको तीन परिदुष्य तयार गरेको उल्लेख गरेका छन् ।

उनको अनुसार भारतमा १५ जुलाईबाट पुर्ण रुपमा लकडाउन हटेको छ ।
परिदृश्य १. तेस्रो लहर अक्टोबरमा चरम विन्दुमा हुनेछ र दोस्रो लहर भन्दा कम हुनेछ ।

२.भाइरस उत्परिवर्तनको साथ सामान्य हुनेछ । यसको गति दोस्रो लहरको भन्दा बढी हुनेछ र यो सेप्टेम्बरमा हुनसक्छ ।
३. कडा शारीरिक दुरीको पालन गरेर तेस्रो लहर अक्टोबरसम्म टर्न सक्छ । यसको गति दोस्रो लहर भन्दा कम हुनेछ ।

प्रकाशित : २०७८ असार ८, मंगलवार १४:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ