हेलिकोप्टरमा उड्दा–उड्दै यि दुई मन्त्रीको पद गुम्यो


काठमाडौं : मंगलबार सर्वोच्च अदालतबाट पद मुक्तको अन्तरिम आदेश आउनुअघि दुई मन्त्री भने हेलिकोप्‍टर चढेर सिन्धुपाल्चोक पुगेका थिए । उपप्रधानमन्त्री तथा सहरी विकास राजेन्द्र महतो र स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ एकसाथ सिन्धुपाल्चोक गएका थिए ।

केही दिनअघि सिन्धुपाल्चोकमा आएको बाढीले क्षति गरेको क्षेत्र अवलोकन गर्न उनीहरू सिन्धुपाल्चोक गएका थिए । तर उनीहरू काठमाडौँ आइनपुग्दै दुवै जना पदमक्त भएका छन् । उपप्रधान एवं शहरी विकास मन्त्री महतो र स्वास्थ्यमन्त्री तामाङ गत जेठ २१ गते मन्त्रीमा नियुक्त भएका थिए ।

सर्वोच्चको फैसलासँगै मन्त्री नियुक्त १८ दिनमै उनीहरूको मन्त्री पदबाट बिदा भएका छन् । यी दुई मन्त्रीसँगै २० मन्त्री पदमुक्त भएका छन् भने अब सरकारमा प्रधानमन्त्री केपी शर्मा ओली र चार जनामात्र मन्त्री कायम भएका छन् । – इकागज

प्रकाशित : २०७८ असार ८, मंगलवार १८:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ