धनुषा : सुतेको बुवालाई खलले हानेर हत्या, यसरी पक्राउ परे छोरा


जनकपुरधाम : धनुषामा बुवाको हत्‍या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । मसला कुट्ने खलले प्रहार गरी बुवाको हत्या गरेको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए ।

जिल्लाको धनुषाधाम नगरपालिका १ काशीपुर बस्ने बिसो यादवको बिहीबार राति उनकै छोरा श्रीकिसुनले हत्‍या गरेका हुन् । उनका अनुसार श्रीकिसुनले पछिल्लो समय बुवासँग अंश सम्बन्धी विवाद गर्दै आएका थिए ।

मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ । घटना विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित : २०७८ असार ११, शुक्रबार १४:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ