भारतमा २ वर्षकी बालिकाको बला’त्कार गर्नेलाई मृत्यूद’ण्ड


भारतको पश्चिम उत्तर प्रदेशको बुलन्दशहर जिल्लामा दुई वर्षकी बालिकालाई बला’त्कारपछि ह’त्या गरेको पुष्टि भएपछि एक जनालाई मृत्युद’ण्डको सजाय सुनाइएको छ ।

जिल्लाको विशेष पोक्सो अदालतले ४५ वर्षका प्रेमसिंह प्रजापतिलाई यस्तो सजाय सुनाएको हो । यो प्रकरणमा अदालतमा डेढ वर्षसम्म सुनुवाइ चलेपछि बुधबार दोषी ठहर गरिएको थियो । त्यसपछि उनलाई मृत्युद’ण्डका साथै एक लाख ६० हजार रुपैयाँ जरिवाना पनि लगाइएको छ ।

यो घटना १० जुलाई २०२० को हो जब दुई वर्षकी बालिका प्रेम सिंह प्रजापतिसँग खेलिरहेकी थिइन् । प्रजापतिले बालिकालाई आफ्नो घर लगेर बला’त्कार गरे र उनलाई घरपछाडि रहेको तलाउमा फालिदिएका थिए ।

प्रकाशित : २०७८ कार्तिक २५, बिहीबार ०७:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ