जनकपुरधाम । नेपाली कांग्रेस सिरहा क्षेत्र नम्बर १ को सभापतिमा महेश चौधरी निर्वाचित भएका छन् । सहमती नजुटेपछि निर्वाचन हुँदा चौधरी निर्वाचित भएका हुन् ।
चौधरीले ३२४ मत ल्याएका छन् भने उनीसंग प्रतिस्पर्धा गरेका कन्हैया गुप्ता ३१५ मत पाएका छन् । चौधरी ९ मतले क्षेत्रीय सभापतिमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
चौधरी यसअघि लहान नगर सभापति थिए । कोरोनाको समयमा गरिएको लकडाउनमा लहानका हजारौं गरिब, दलितलाई राहत बांडेका चौधरी ‘असल समाजसेवी’को छवि बनाएका छन् ।