भारतमा नेपाली मजदुर चढेको बस दुर्घटना: ४ महिनाको शिशुको मृत्यु, पाँच घाइते


कैलाली । भारतमा नेपाली मजदुर चढेको बस दुर्घटना हुँदा चार महिनाको शिशुको मृत्यु भएको छ । ५६ जना नेपाली मजदुर चढेको बस दुर्घटना भएको हो ।

भारतीय यूपी०३३०पी१३७५ नम्बरको बस भारतको लखिमपुर स्थित भिरा नजिक दुर्घटना हुँदा अछामको बान्नीगढी जयगढ गाउँपालिकाका ४ महिने शिशु विष्णु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

उनीहरू धनगढीको कालिका मष्टामण्डली टुर एन्ड ट्राभल्सबाट टिकट लिएका भारत जाँदै गरेका थिए । मृतक शिशुका बुवा आमा भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा अन्य पाँच जना नेपाली भने घाइते भएका छन् । घाइतेहरूको भारतमा उपचार पछि नेपाल आएका छन् । उनीहरूको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा थप उपचार भएको छ ।

प्रकाशित : 18 December 2021 11:36 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ