जनकपुरमा प्रहरीविरुद्ध व्यापारी आन्दोलित, गलत नियतले समान समातेको आरोप


जनकपुरधाम । धनुषा प्रहरीले दु:ख दिने नियतले समान पक्राउ गरेपछि व्यापारीहरु आन्दोलन गरेका छन् । व्यापारीहरुले जनकपुरस्थित भन्सार कार्यालय अगाडी टायर बालेर प्रहरीविरूद्ध आन्दोलन गरेका हुन् ।

प्रदिप रेडिमेड कलेक्सन महुवा, धनुषाको १० लाख बढीको डाबर कम्पनीको रेडपेस्ट प्रहरीले नियन्त्रणमा लिएपछि व्यापारीहरु आन्दोलन सुरु गरेका छन् । लालबन्दीको केयर सिटी डिस्ट्रिव्यूसनबाट बिलिङ भएर आएको समान प्रहरीले दु:ख दिने नियतले समातेको व्यापारीको आरोप छ ।

रेडपेस्ट ल्याउने पिकअप गाडी र चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ । चालकसंग समान खरिद भएको बिल रहेपनि प्रहरीले भन्सार कार्यालयमा नबुझाएको र समान मात्र बुझाएकोमा व्यापारीहरुले आपत्ति जनाएका छन् ।

‘धनुषाको महुवा लग्नुपर्ने समान चालकले मिस्टेकले दुहबी लगेपछि प्रहरीले समात्यो’, जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले टुडेखोजसंग भने, ‘तर प्रहरीले सिमा क्षेत्रबाट पक्राउ गरेको भनेर झुठो प्रतिवेदन तयार पारे । यो त सरासर गलत हो नी ।’

अध्यक्ष महासेठले व्यापारीलाई फसाउने गलत नियत प्रहरीको देखिएको बताए । उनले व्यापारीलाई प्रहरीबाट दु:ख दिने काम भए आन्दोलन गर्ने चेतावनी दिए । उनले प्रतिवेदनमा लेखेको झुठो कुरा सच्याउन र बिल समेत भन्सारमा पेश गर्न माग समेत गरे ।

प्रकाशित : 20 December 2021 7:40 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ