होलीकै दिन सिमेन्ट उद्योगमा च्यापिएर मजदुरको मृत्यु

हेटौंडा । चारैतीर मानिसहरु होली मनाइरहँदा मकवानपुरको हेटौंडा १६ हटियास्थित शिवम् सिमेन्ट उद्योगमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ।

सिमेन्ट उद्योगमा कार्यरत भारतीय मुलुकका अन्दाजी २० वर्षीय एक युवकको काम गर्ने क्रममा च्यापिएर मृत्यु भएको हो । उद्योगको प्लान्टमा रहेको मेसिनमा च्यापिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता राजकुमार सापकोटाले बताए ।

उनका अनुसार उपचारको क्रममा आज हेटौंडा अस्पतालमा मृत्यु भएको ति मजदुरको पहिचान खुल्न सकेका छैन । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाई छ ।

प्रकाशित : 17 March 2022 11:49 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !