माओवादीसँगको सहकार्यपछि भट्टराई र यादव खुशीले गदगद


काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बृहत् अग्रगामी राजनीतिक शक्तिहरुको ध्रुवीकरणका लागि नेकपा माओवादी केन्द्रसँग सहकार्य गरेको बताएका छन् ।

माओवादी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा मंगलबार दुई पार्टीका शीर्ष नेताहरुको छलफलपछि सञ्चारकर्मीसँगको कुराकानीमा गर्दै भट्टराईले उक्त धारणा राखेका हुन् । ुबृहत् अग्रगामी राजनीतिक शक्तिहरुको ध्रुविकरण गर्ने लक्ष्य हो,ु पूर्वप्रधानमन्त्री भट्टराईले भने ।

भट्टराईले सत्ता गठबन्धनको मापदण्ड अनुसार आगामी चुनावमा तालमेल हुने पनि बताए । उनले भने, ‘हामी पनि गठबन्धनको एक अंग हौं, गठबन्धनको जे मापदण्ड बन्छ, त्यहीअनुसार हुन्छ ।’

आगामी आमनिर्वाचनमा नेसपाले माओवादी केन्द्रको चुनाव चिह्न ‘गोलाकारभित्रको हँसिया हथौडा’ लिएर चुनाव लड्ने निर्णय लिइसकेको छ । ती पार्टीहरुबीच अहिलेलाई सहकार्य र चुनावपछि पार्टी एकतामा जाने समझदारीसमेत बनिसकेको छ ।

पेरिसडाँडाको छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, नेसपा अध्यक्ष भट्टराई, अर्का अध्यक्ष महिन्द्रराय यादव सहभागी थिए ।

प्रकाशित : २०७९ श्रावण ३१, मंगलवार १७:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ