Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

मोटरसाइकल चोरेर फोन गरेपछि…

टुडे खोज लेखक टुडे खोज
भदौ ७, २०७९, ८:१८ AM
0
मोटरसाइकल चोरेर फोन गरेपछि…

रौतहट । सवारी दुर्घटना न्यूनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी निरीक्षक बिमलाकुमारी कठायतको टोलीले गत साता चन्द्रपुर ९ डुमरिया चोकमा जाँच सुरु गर्‍यो । त्यसैबेला सदरमुकाम गौरबाट भारतीय नम्बरप्लेटको मोटरसाइकल हुइकिँदै आयो । प्रहरी निरीक्षक कठायतले मोटरसाइकल रोक्ने प्रयास गरिन् । चालक आत्तिएर मोटरसाइकल नै छाडेर भागे ।

ट्राफिकले मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान सुरु गर्‍यो। उक्त मोटरसाइकल चोरीको भएको पत्ता लाग्यो । केही दिनपछि मोटरसाइकलका सम्बन्धित धनी ‘मोटरसाइकल मेरो हो’ भन्दै जिल्ला ट्राफिक कार्यालय पुगे । प्रहरीका अनुसार चोरी गर्ने गिरोहले नै धनीलाई फोन गरेर ट्राफिकमा जान भनेका रहेछन् ।

भारत सीतामंढी ग्राम बैरगीनिया– ११ घर भएका मनोजकुमार साहको भारतीय बीआर ३० एए ९१९६ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकल साउन १७ गते चोरी भएको थियो । उक्त मोटरसाइकल चोरी गर्ने गिरोहले चन्द्रनिगाहपुरतर्फ ल्याउँदै गर्दा ट्राफिक प्रहरी निरीक्षक कठायतको टोलीले जाँचको क्रममा फेला पारेको थियो । त्यसबेला फरार भएका चोरले मोटरसाइकल धनी साहलाई ुतिम्रो मोटरसाइकल ट्राफिक प्रहरीकहाँ छ गएर लिनुु भन्दै फोन गरेका थिए । त्यसपछि उनीहरु मोटरसाइकल लिन प्रमाणसहित भारतबाट बिहीबार जिल्ला ट्राफिक रौतहट आइपुगेका हुन् ।

‘चोरले नै मोटरसाइकल लिन जानु भनेर फोन गरेको सुन्दा अचम्म लाग्यो,’ प्रहरी निरीक्षक कठायतले भनिन्, ‘फोन गर्ने व्यक्तिको मोबाइल नम्बरको अनुसन्धान भइरहेको छ । यस्तो घटना बिरलै सुन्न र देख्न पाइन्छ ।’ साहका अनुसार उनको घरमा राखेको अवस्थामा मोटरसाइकल चोरी भएको थियो । उक्त मोटरसाइकल केही समयपछि चन्द्रनिगाहपुरतर्फ ल्याउँदै गरेको अवस्थामा ट्राफिकले फेला पारेको हो ।

‘हामीलाई सुरुमा विश्वास नै लागेको थिएन । चोर आफैंले फोन गरेर मोटरसाइकल ट्राफिकमा छ गएर लिनु भन्यो,’ साहले भने, ‘समयमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ गर्न सकिएन भने पछि समस्या हुन्छ ।’ साह भने आफ्नो फोन नम्बर चोरले कसरी पत्ता लगायो भन्नेमा आश्चर्यचकित छन् ।

मोटरसाइकल चोर्ने गिरोह नेपालकै भएको पनि उनको दाबी छ । प्रहरीका अनुसार साहलाई फोन गर्ने मोबाइल नम्बरको ट्रु कलरमा सतेन्दर काठमाडौं भनेर देखाउँछ । मोटरसाइकल चोरी भएपछि साहले बैरगनिया थानामा जाहेरी दर्ता गराएका छन् । भारतीय प्रहरीले पनि उक्त मोटरसाइकलको खोजी गरिहरको थियो । उक्त जाहेरी र अन्य कागजात राखेर सम्बन्धित धनीलाई मोटरसाइकल जिम्मा लगाइएको ट्राफिक प्रहरी निरीक्षक कठायतले जानकारी दिइन् ।

केही समययता जिल्लामा मोटरसाइकल चोरीका घटना बढेको प्रहरीको भनाइ छ । यस्तै प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोह पत्ता लगाउने प्रयास गरिरहेको पनि जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गौरका प्रवक्ता डीएसपी सुनिल मल्लले मोटरसाइकल चोरी गर्ने गिरोहमध्ये धेरैजसो पत्ता लागिसकेको दाबी गरेका छन् । ‘नम्बरप्लेट बदलेर चलाउने गर्छन् । केहीले अन्यलाई बिक्री गरेको प्रहरीले फेला पारेको छ,’ डीएसपी मल्लले बताए ।

प्रहरीका अनुसार गत वर्षमा जिल्लाका विभिन्न स्थानबाट ९७ वटा मोटरसाइकल चोरी भएको प्रहरीमा निवेदन दर्ता छ । चालु आर्थिक वर्षको साउनयता एक महिनाको अवधिमा मात्रै विभिन्न स्थानबाट ८ वटा मोटरसाइकल चोरी भएको जिल्ला प्रहरीको तथ्यांकले देखाएको छ । मोटरसाइकल चोरी गरेको आरोपमा ३० जनालाई पक्राउ गरी मुद्दा चलाइसकेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

नवराजपुरमा ‘किसानसंग कृषि पशु प्राविधिक’ कार्यक्रम संचालन, गापा अध्यक्ष शिवाले गरे शुभारम्भ

नवराजपुरमा ‘किसानसंग कृषि पशु प्राविधिक’ कार्यक्रम संचालन, गापा अध्यक्ष शिवाले गरे शुभारम्भ

धनुषा : चोरी गर्दागर्दै एक जना पक्राउ, दुई चोर फरार

सप्तरीमा विद्युत् चुहावट गर्ने सात जना पक्राउ

महोत्तरी : दाइजो आरोपमा नेहा चौधरीका ससुरा पनि पक्राउ

महोत्तरी : दाइजो आरोपमा नेहा चौधरीका ससुरा पनि पक्राउ

छुवाछुत गर्ने भगवानपुर गाउँपालिका अध्यक्षलाई निलम्बन गरी कारबाही गर्न सरकारसमक्ष माग

छुवाछुत गर्ने भगवानपुर गाउँपालिका अध्यक्षलाई निलम्बन गरी कारबाही गर्न सरकारसमक्ष माग

ताजा समाचार

धनुषामा शिक्षकबाटै ११ वर्षीया छात्रा बलात्कृत, प्रहरी घटना ढाकछोप गर्दै !

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै, सरकारबारे निर्णय लिने !

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै, सरकारबारे निर्णय लिने !

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा गठबन्धनको प्यानलै विजयी

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा गठबन्धनको प्यानलै विजयी

मधेशका सबै वडामा अर्गानिक मलखादको साना उद्योग खोल्ने जर्मनी कम्पनीको प्रस्ताव

मधेशका सबै वडामा अर्गानिक मलखादको साना उद्योग खोल्ने जर्मनी कम्पनीको प्रस्ताव

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध