समानुपातिकतर्फ प्रतिनिधि तथा प्रदेशसभाका सांसदको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ प्रतिनिधि सभामा निर्वाचित सांसदको नामावली सार्वजनिक गरेको छ ।

आयोगले समानुपातिक निर्वाचन प्रणालीमार्फत विभिन्न ७ दलबाट निर्वाचित ११० जना र सात वटै प्रदेश सभामा विभिन्न दलबाट निर्वाचित २२० जना सांसदको नामावली सार्वजनिक गरेको हो ।

समानुपातिकतर्फ ११० सिट मध्ये सबैभन्दा बढी नेकपा एमालेले ३४ सीट, नेपाली कांग्रेसले ३२ सीट, नेकपा ९माओवादी केन्द्र०ले १४ सीट, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सीट, जनता समाजवादी पार्टीले ५ सीट र जनमत पार्टीले ५ सीट प्राप्त गरेको छ ।

समानुपातिक सांसदहरुः
को–को छन् सातै प्रदेश सभामा समानुपातिकतर्फ निर्वाचित २२० जना सांसद ?

त्यस्तै, आयोगले सात वटै प्रदेश सभामा समानुपातिकतर्फ निर्वाचित २२० जना सांसदको नामावली सार्वजनिक गरेको छ । आयोगले समानुपातिक निर्वाचन प्रणालीमार्फत ७ वटै प्रदेशमा विभिन्न दलबाट निर्वाचित २२० जना सांसदको नामावली सार्वजनिक गरेको हो ।

प्रदेश १ मा एमालेले १५, कांग्रेसले १२, राप्रपा र माओवादी केन्द्रले ४–४, नेकपा एस र जसपाले १–१ सिट पाएका छन् । मधेस प्रदेशमा कांग्रेसले ९, एमालेले ८, जसपा र जनमत पार्टीले ७–७ माओवादी केन्द्रले ४, नेकपा एसले ३, लोसपाले २, राप्रपाले १, नेपाल संघीय समाजवादीले १ र नागरिक उन्मुक्तिले १ सिट पाएको छ ।

बागमती प्रदेशमा एमालेले १४, कांग्रेसले १२, माओवादीले ७, राप्रपाले ६, नेकपा एस र नेमकिपाले २–२ र हाम्रो नेपाली पार्टीले १ सिट पाएको छ । गण्डकी प्रदेशमा एमालेले १०, कांग्रेसले ९, माओवादीले ३ र राप्रपाले २ सिट पाएको छ ।

लुम्बिनी प्रदेशमा एमालेले ११, कांग्रेसले १०, माओवादीले ४, राप्रपा, जनमत र नागरिक उन्मुक्तिले २–२, नेकपा एस, जसपा, लोसपा जनमोर्चाले १–१ सिट पाएको छ ।

कर्णाली प्रदेशमा एमाले र कांग्रेसले ५–५ माओवादीले ४, राप्रपा र नेकपा एसले १९१ सिट पाएको छ । सुदूरपश्चिम प्रदेशमा एमालेले ७, कांग्रेसले ६, माओवादी र नागरिक उन्मुक्ति पार्टीले ३–३ राप्रपा र नेकपा एसले १–१ सिट पाएको छ ।

समानुपातिक प्रदेश सांसदहरुः

प्रदेश १

मधेश प्रदेश

वागमती प्रदेश

लुम्बिनी प्रदेश

गण्डकी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

https://www.youtube.com/watch?v=JFZHPTFAndU

प्रकाशित : 15 December 2022 10:36 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !