Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

मधेसमा किन पटकपटक थुनुवा फरार भइरहेका छन् ?

टुडे खोज लेखक टुडे खोज
चैत्र २७, २०७९, ९:०९ AM
0
प्रदेश २ : प्रहरी हिरासतमा रहेका यादब शौचालयको झ्यालबाटै फरार

जनकपुरधाम । मधेस प्रदेशमा प्रहरीको नियन्त्रणबाट थुनुवा फरार हुने घटना दोहोरिरहेका छन् । तीन महिनाभित्रै प्रहरीलाई छलेर धनुषा र महोत्तरीमा तीनपटक थुनुवा फरार भएका छन् ।

यी दुई जिल्लाबाट तीनपटकमा आठ थुनुवा फरार भएका थिए । जसमध्ये ६ जनालाई प्रहरीले फेरि पक्राउ गर्न सफल भएको छ भने दुईजना अझै फरार छन् ।

तर, पटक–पटक प्रहरीको नियन्त्रणमा रहेका थुनुवा फरार भइरहँदा यसबारे ठोस अनुसन्धान हुन सकेको छैन । प्रहरीको अनुसन्धान पनि औपचारिकतामा मात्रै सीमित हुने गरेको जानकार बताउँछन् ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्ष फोडेर फरार भएका ६ जना अभियुक्तमध्ये पाँचजनालाई प्रहरीले पक्राउ गरे पनि सोही घटनाका २५ वर्षीय रोशन यादव अझै पक्राउ परेका छैनन् । उनी फरार भएको साढे दुई महिना बित्दै छ ।

धनुषा प्रहरीले रोशन भागेर देशबाहिर गएकाले उनलाई पक्राउ गर्न नसकिएको बताएको छ । “हामीहरू सम्भावित देशका प्रहरीहरूसँग समन्वय गर्दै छौँ,” धनुषाका एसपी विश्वराज खड्काले भने, “अनुसन्धान नजिक पुगेपनि उनी पटक–पटक ठाउँ परिर्वतन गरी बसोबास गरिरहेकाले हामीले पक्राउ गर्न सकेका छैनौँ ।”

प्रहरीले कैदीमाथि विश्वास गर्दा यसप्रकारका घटना हुने गरेको उनको बुझाइ छ ।

यस्तै, उपचारको बाहना बनाएर अस्पतालबाट गत शुक्रबार फरार भएका लोहरपट्टि नगरपालिका–९ खुट्टापिपराढीका कृष्णा यादवलाई पनि प्रहरीले फेला पार्न सकेको छैनन् । महोत्तरी प्रहरीको नियन्त्रणमा रहेका उनी जनकपुरधामको आर्या हस्पिटलको शौचालयको झ्याल फोडेर फरार भएका थिए ।

कर्तव्य ज्यान मुद्दाका अभियुक्त उनी गत भदौ २५ गतेदेखि पुर्पक्षका लागि थुनामा थिए । प्रहरीमाथि यस घटनामा धेरै प्रश्न उठिरहेको छ । थुनुवालाई सरकारी अस्पतालमा नलगेर नीजिमा लग्दा प्रहरीमाथि शंका गरिएको छ । तर प्रहरीमाथि शंका गर्नुपर्ने ठाउँ नरहेको महोत्तरीका प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरीले बताए । फरार भएका अभियुक्तको तीव्र रूपमा खोजी भइरहेको र एक साताभित्रै पक्राउ गर्ने उनले बताए ।

यसअघि इलाका प्रहरी कार्यालय सबैलाको प्रहरी भ्यानबाट पनि एकजना अभियुक्त फरार भएका थिए । प्रहरीले दुई दिनभित्रै बलात्कार मुद्दाका आरोपित सबैला नगरपालिका–१३ किरतपुरका राजाबाबु मुखियालाई पक्राउ गरेको थियो ।

तर, प्रहरी भ्यानबाट हथकडीसहित थुनुवा कसरी फरार भएको भन्ने विषयमा प्रहरी मौन छ । सोही दिन इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक बिदामा रहेको बुझिएको छ । उनको अनुपस्थितिमा थुनुवा फरार भएपछि ‘सेटिङ’मै भगाइएको हुन सक्ने कतिपयको शंका छ ।

मधेस प्रदेश प्रहरीका प्रहरी उपरीक्षक (एसपी) महेन्द्रकुमार श्रेष्ठले प्रहरीको कमजोरीकै कारण थुनुवा फरार हुने गरेको स्वीकार गरे । तर, प्रहरीले जानीजानी नभगाएको उनको दाबी छ ।

“प्रहरीलाई छलेर उनीहरू भागिरहेका छन् । प्रहरीको लापरबाही देखिएपनि भगाउने नियत हुँदैन,” उनले भने ।

तर पनि फरार हुने ठाउँमा जिम्मेवारी पाएका प्रहरी विभागिय कारबाहीमा परिरहेको उनले बताए ।

आफूहरूबाट भइरहेको असावधानीको विषयमा गम्भीर भएको र अगामी दिनमा यस्ता घटना हुन नदिन ठोस कदम लिने उनले बताए । स्रोतसाधान अभावले गर्दा पनि यस्ता घटना हुने गरेको उनको जिकिर छ । दरबन्दीभन्दा कम प्रहरी रहेको र भएकैसँग प्रयाप्त स्रोतसाधन नरहेको उनको भनाइ छ ।

“हामीले फरार भएकाहरूलाई विभिन्न कोण र उपकरण प्रयोग गरि खोजिरहेका छौँ,” उनले भने, “नेपालभित्र छ भने चाँडै फरार कैदी प्रहरी नियन्त्रणमा आउँछ । नभए हामी भारतीय प्रहरीसँग पनि समन्वय गरिरहेका छौँ ।”

  • बाह्रखरी

सम्बन्धित समाचार

मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ

मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

मधेशका ४ सांसद फिर्ता बोलाउने जनमत पार्टीको तयारी, को–को परे ‘रेड जोनमा’ ?

मधेशका ४ सांसद फिर्ता बोलाउने जनमत पार्टीको तयारी, को–को परे ‘रेड जोनमा’ ?

महोत्तरीमा बाढीले दर्जनभन्दा बढी स्थानमा क्षति, डुबानको उच्च जोखिममा जलेश्वर

मधेशका बाढी पीडितले राहत पाउने, आठै जिल्लालाई १०/१० लाख रुपैयाँ

मधेस सरकारले एकै दिन झन्डै ५ अर्ब भुक्तानी गरेपछि…

मधेशमा विशेष संसदीय समितिद्वारा रकमान्तर र अनुदान वितरण विषयमा छानबिन सुरु

मधेशका मुख्यन्यायधिवक्ता ठाकुरमाथि यौन दुर्व्यवहारको आरोप

मधेशका मुख्यन्यायधिवक्ता ठाकुरमाथि यौन दुर्व्यवहारको आरोप

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध