मधेश प्रदशसभाका ५ विषयगत समिति सभापतिको निर्वाचन असार ३ मा


जनकपुरधाम । मधेश प्रदशसभा अन्तर्गत गठित विषयगत समितिहरुमध्ये पाँच समितिको सभापति चयनका लागि असार ३ गते निर्वाचन हुने भएको छ ।

आजको प्रदेशसभा बैठकमा सभामुख रामचन्द्र मण्डलले समिति सभापति निर्वाचनबारे जानकारी गराएका हुन् । उनका अनुसार सार्वजनिक लेखा समिति, विकास समिति, महिला बालबालिका तथा सामाजिक न्याय समिति, प्राकृतिक स्रोत तथा वातावरण समिति र अर्थ तथा योजना समितिको सभापति चयनका लागि निर्वाचन हुनेछ ।

समितिको सभापतिका लागि असार २ गते विहान ११ बजेदेखि साँझ ५ बजेसम्मका लागि प्रदेशसभा सचिवालयमा मनोनयन दर्ता गराउन सभामुख मण्डलले समय निर्वाधरण गरेका छन् ।

प्रकाशित : २०८० जेष्ठ ३२, बिहीबार १९:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ