Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
हुलाकी राजमार्ग क्षेत्रमा रोजगारी खोज्दै जनमत पार्टी ! | अनलाइनबाट ठगी गरेको आरोपमा ४ भारतीय नागरिकसहित ९ जना पक्राउ | आज काठमाडौंमा महेश बस्नेत र दुर्गा प्रसाईं आमनेसामने, ७ हजार प्रहरी परिचालन | कर नतिरको मोवाइलहरु भोलीदेखि नचल्ने ! | भूकम्पमा मृत्यु भएकाका परिवारलाई तत्काल २/२ लाख दिने सरकारको निर्णय | साढे २१ करोडको लगानीमा सिरहा–धनुषा जोड्ने कमलामा बन्दैछ झोलुङ्गे पुल | जनकपुरमा गाडीभित्रै कुटाकुट गर्ने पाँच भारतीय पक्राउ, यस्तो छ रहस्य | नेपालमा भूकम्प : भारतीय प्रधानमन्त्री मोदीले दिए सहयोग गर्नेे आश्वासन | भूकम्प अपडेट : जाजरकोट र रुकुमपश्चिममा मृत्यू हुनेको सङ्ख्या १२८ पुग्यो | जसपाले मधेश प्रदेश समितिलाई प्रशिक्षण दिने |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

रौतहटमा विकासको नाममा लुट, कटहरियामा निर्माणाधीन नाला गुणस्तरहीन !

टुडे खोज लेखक टुडे खोज
असार १९, २०८०, ७:१९ PM
0
रौतहटमा विकासको नाममा लुट, कटहरियामा निर्माणाधीन नाला गुणस्तरहीन !

रौतहट । कटहरिया नगरपालिकामा एसियाली विकास बैंकको लगानीमा निर्माण भइरहेको ढल तथा नालामा ठेकदार कम्पनी आश्रय निर्माण सेवाले गुणस्तरहीन काम गरेको स्थानीयवासीको आरोप छ । नालामा आरसीसी ढलान गर्नुपर्नेमा पीसीसी ढलान गरिएको उनीहरु बताउँछन् ।

तेस्रो सानो सहरी तथा खानेपानी कार्यालय ईटहरीद्वारा ५४ करोडको टेण्डर आह्वान गर्दा आश्रय निर्माण सेवाले घटाघटमा ३४ करोडमा टेण्डर सकार गरेको थियो । नगरपालिकाको १५ प्रतिशत लगानी रहने उक्त योजनामा ठेकेदार कम्पनीले पेटी ठेकेदारमार्फत काम गराउँदा गुणस्तरहीन हुन पुगेको बताइन्छ ।

कटहरिया नगरपालिकाको ४ र ५ वडामा एकैपटक झन्डै १६ किलोमिटर लामो ढल तथा नाला निर्माणको काम भइरहेको छ । तर पेटी ठेकेदारले फलामको रड राखेर आरसीसी ढलान गर्नुपर्नेमा कयौं स्थानमा ईटा राखेर पीसीसी ढलान गरेको स्थानीयवासी बताउँछन् ।

कटहरीया बजारको मूल बाटोमा दुवैतर्फ निर्माण गरिएको ढल तथा नालाको मूख्य प्वालको कभरमा फलामको रडको जाली बनाएर त्यसमाथि फलामको बिर्को राख्नुपर्ने स्टीमेट रहेको कन्सल्टेन्ट इन्जिनियर धनराज साहले बताए । तर अहिले पेटी ठेकेदारमार्फत ढलको प्वालमाथि ईटा राखेर ढलान गरेको पाइएको छ । हालै निर्माण भएको क्षेत्रमा मोटर गुड्दा ढलान भत्किएपछि गुणस्तरहीन काम गरेको पाइएको स्थानीयवासी बताउँछन् ।

वडा नम्बर ४ का अध्यक्ष चन्दन कुशवाहाका अनुसार बजार क्षेत्रमा ११ ठाउँमा मूल बाटोमा नालाको प्वालमाथि पीसीसी ढलान भेटिएको छ । यसरी मूल बाटोमा ढल तथा नालाको प्वालमाथि गरिएको पीसीसी ढलान पूर्ण रूपमा गुणस्तरहीन रहेकाले केही महिनाभित्रै सबै भत्किने भन्दै अध्यक्ष कुशवाहाले निर्माणको काम रोक्का गरेका छन् ।

आश्रय निर्माण सेवाका प्रोजेक्ट मेनेजर अजय गुप्ताले भुलबस आरसीसीको सट्टा भएको पीसीसी ढलान भत्काएर पुनः स्टीमेट अनुसार निर्माण गरिने बताए ।

तेस्रो साना सहरी तथा खानेपानी ईटहरीका प्रमुख डीई महेशी महतोले निर्माणमा गुणस्तरसँग कुनै सम्झौता हुन नसक्ने प्रस्ट पारेका छन् ।


सम्बन्धित समाचार

साढे २१ करोडको लगानीमा सिरहा–धनुषा जोड्ने कमलामा बन्दैछ झोलुङ्गे पुल

साढे २१ करोडको लगानीमा सिरहा–धनुषा जोड्ने कमलामा बन्दैछ झोलुङ्गे पुल

जनकपुरमा गाडीभित्रै कुटाकुट गर्ने पाँच भारतीय पक्राउ, यस्तो छ रहस्य

जनकपुरमा गाडीभित्रै कुटाकुट गर्ने पाँच भारतीय पक्राउ, यस्तो छ रहस्य

महोत्तरीमा दुःखद् घटनाः ट्याक्टर पल्टिदा किचिएर चालक यादवको मृत्यू

महोत्तरीमा दुःखद् घटनाः ट्याक्टर पल्टिदा किचिएर चालक यादवको मृत्यू

प्रिन्सिपल सर्राफको हत्याविरुद्ध मधेशका विद्यालयहरु बन्द, तीनजना पक्राउ

प्रिन्सिपल सर्राफको हत्याविरुद्ध मधेशका विद्यालयहरु बन्द, तीनजना पक्राउ

मधेशका चार यूवा निस्किए प्रदेशका आठै जिल्लाको अध्ययन यात्रामा

मधेशका चार यूवा निस्किए प्रदेशका आठै जिल्लाको अध्ययन यात्रामा

जानकी मन्दिर : १२ करोडको बत्ति जडानमा ठूलो रकम घोटाला

जनकपुरमा ११ हजार स्क्वायर फिटको राम जानकीको मूर्ति बनाउने, विश्व रेकर्ड बन्ने

ताजा समाचार

हुलाकी राजमार्ग क्षेत्रमा रोजगारी खोज्दै जनमत पार्टी !

हुलाकी राजमार्ग क्षेत्रमा रोजगारी खोज्दै जनमत पार्टी !

अनलाइनबाट ठगी गरेको आरोपमा ४ भारतीय नागरिकसहित ९ जना पक्राउ

अनलाइनबाट ठगी गरेको आरोपमा ४ भारतीय नागरिकसहित ९ जना पक्राउ

आज काठमाडौंमा महेश बस्नेत र दुर्गा प्रसाईं आमनेसामने, ७ हजार प्रहरी परिचालन

आज काठमाडौंमा महेश बस्नेत र दुर्गा प्रसाईं आमनेसामने, ७ हजार प्रहरी परिचालन

कर नतिरको मोवाइलहरु भोलीदेखि नचल्ने !

कर नतिरको मोवाइलहरु भोलीदेखि नचल्ने !

भूकम्पमा मृत्यु भएकाका परिवारलाई तत्काल २/२ लाख दिने सरकारको निर्णय

भूकम्पमा मृत्यु भएकाका परिवारलाई तत्काल २/२ लाख दिने सरकारको निर्णय

साढे २१ करोडको लगानीमा सिरहा–धनुषा जोड्ने कमलामा बन्दैछ झोलुङ्गे पुल

साढे २१ करोडको लगानीमा सिरहा–धनुषा जोड्ने कमलामा बन्दैछ झोलुङ्गे पुल

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध