श्रवण यादवलाई कन्चटमा गोली हान्ने व्यक्ति पक्राउ


महोत्तरी । रामगोपालपुर नगरपालिका १ बसबिट्टी बजारका ४४ वर्षीय श्रवण यादवलाई गोली हानेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामगोपालपुर १ लक्ष्मीपुरका ३८ वर्षीय कौशल मण्डल छन् । उनीबाट पेस्ताल र गोलीको खोकासमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

मंगलबार साँझ पौने ६ बजेतिर बसबिट्टी बजारमा श्रवणको कन्चट र दाहिने कुममा गोली प्रहार भएको थियो । गोली लागि घाइते भएका श्रवणलाई जानकी एकेडेमी अस्पताल पर्सादेवाड रामगोपालपुरमा उपचारका लागि पठाइएको थियो ।

त्यहाँबाट रेफर गरेर अहिले जानकी हेल्थ केयरमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका कौशलसमेत सामान्य बिरामी भएकाले अहिले उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

प्रकाशित : २०८० असार २०, बुधबार १८:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ