रौतहटमा ट्राफिक राजस्व ६८ प्रतिशत बढ्यो


काठमाडौं । रौतहटमा ट्राफिक राजस्वमा ६८ प्रतिशतले वृद्धि भएको छ ।

गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा ६८ प्रतिशतले ट्राफिक राजस्व वृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

आर्थिक वर्ष २०७९/०८० मा नियम विपरीत सञ्चालित सवारी साधनलाई गरिएको कारबाहीबाट तीन करोड १० लाख ४ हजार रुपैयाँ राजस्व संकलन भएको हो । यो राजस्व आर्थिक वर्ष २०७८/०७९ को तुलनामा १ करोड २२ लाख रुपैयाले बढी हो ।

ट्राफिक नियम विपरीत चलेका ३८ हजार पाँच सय ८२ सवारी साधनलाई गत आर्थिक वर्ष कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

गत आर्थिक वर्ष सवारी दुर्घटनामा झन्डै १० प्रतिशत, घाइतेमा साढे १० प्रतिशत र दुर्घटनामा मृत्यु हुनेमा ३० प्रतिशतले कमी भएको जिल्ला ट्राफिक कार्यालय रौतहटले जनाएको छ ।

आर्थिक वर्ष २०७९/०८०मा जिल्लाभरि ६ सय ४५ दुर्घटनामा परेर एक हजार ४७ जना घाइते भएका थिए भने ५० जनाको मृत्यु भएको जनाइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख विमला कुमारी कठायतले गएको आर्थिक वर्षमा सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा परेको बताए ।

प्रकाशित : २०८० श्रावण ४, बिहीबार १७:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ