काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०र०८१ को मौद्रिक नीतिमार्फत् विदेश भ्रमण गर्न जाने नेपाललाई राहात हुने किसिमको व्यवस्था गरेको छ । जसअनुसार अब नेपाली रहादानी वाहकले २५ सयसम्म डलर सटही गर्न पाउने भएका छन् ।
यसअघि यो सुविधा १५ सय डलर रहेको छ । वित्तिय नीतिमार्फत् विदेश भ्रमणमा जाने नेपालीलाई २ प्रतिशत पर्यटन शुल्क लगाएपछि मौद्रिक नीतिमार्फत् डलर सटहीको सीमा बढाएको हो ।
सो व्यवस्थाअनुसार भारत बाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपालीलाई राहदानी सुविधावापत १ वर्षमा दुई पटकसम्म अब २५ सय अमेरिकी डलर साट्न पाउने सुविधा दिइनेछ ।