कमला नदीमा बढ्यो जलसतह, सतर्कता अपनाउन आग्रह


सिरहा । निरन्तर वर्षाका कारण कमला नदीमा जलसतह बढ्दै गएको छ ।

कमला नदीको बेलसोत सिन्धुली जलमापन केन्द्रका अनुसार नदीमा जलसतह बढ्दो क्रममा रहेको तर खतरा तहभन्दा केही तल रहेको छ ।

सोहीकारण सिरहा र धनुषाको तटीय क्षेत्रलगायत विगतमा डुबान भइरहने स्थानमा शुक्रबार सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सजग गराएको छ ।

प्रकाशित : २०८० भाद्र ८, शुक्रबार १८:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ