जनकपुरको राजदेवी मन्दिरमा १५ हजार २५१ बोकाको बलि


जनकपुरधाम । मधेश प्रदेशकै प्रसिद्ध जनकपुरधामको राजदेवी मन्दिरमा दशैंको महाष्टमी राति हजारौं बोकाको बली चढाइएको छ ।

आइतबार राति निशानपूजा सम्पन्न भएलगत्तै ८ः२० बजेबाट बलि दिन सुरू गरियो । आज बिहान ४ः०५ बजे बलि सम्पन्न भयो । आठ घण्टामै मन्दिरमा १५ हजार २५१ बोकाको बलि चढाइएको छ ।

बलि चढाउन सयौं स्वयंसेवक परिचालन गरिएको थियो । प्रत्येक मिनेट ३० देखि ३५ वटा बोकाको बलि दिइएको छ ।

छिमेकी जिल्लाहरु सिरहा, महोत्तरी र भारतको विहार राज्यबाट समेत यहाँ बलि दिन श्रद्धालुहरू आउने गर्छन् । भाकल ९मनोकामना० पूरा हुने जनविश्वासका साथ यहाँ बलि दिने प्रचलन छ ।

प्रकाशित : 23 October 2023 8:26 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ