कर नतिरको मोवाइलहरु भोलीदेखि नचल्ने !


काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले भोलिबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० लागू गर्ने भएको छ । चोरीको बाटो भएर नेपालमा मोबाइल नभित्रियोस् भनेर एमडीएमएस लागू गर्न लागिएको हो ।

प्राधिकरणका अनुसार दर्ता नभएका, अवैध तरिकाले नेपाल ल्याइएको मोबाइल अब चल्नेछैन । नेपालमा दर्ता नभएको मोबाइलमा सिम चल्ने छैन ।

प्राधिकरणले एउटा सूचना निकालेर कार्तिक १९ गतेसम्म एमडीएमएस दर्ता गर्ने भनेको थियो । व्यवसायीहरुले लामो समयदेखि अवैध बाटो भएर नेपालमा मोबाइल आउँदा राज्यलाई राजस्व घटेको तथा मोबाइलको व्यापारमा कमी आएको भन्दै एमडीएमएस लागू गर्न दबाब दिँदै आइरहेका छन् ।

प्रयोगकर्ताले आफ्नो फोन एमडीएमएसमा दर्ता भएको छ कि छैन भनेर हेर्न भने एमडीएमएस प्रणालीको आधिकारिक वेबसाइटमा फोनको आईएमईआई नम्बर राखेर हेर्न सकिनेछ ।

प्रकाशित : २०८० कार्तिक १९, आईतवार १६:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ