लहान । सिरहाको धनगढीमाई नगरपालिका ६ स्थित गागन खोलामा हत्या गरेर जलाएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
नदीमा अन्दाजी ३०/३५ वर्षीय पुरुषको परालले अधकल्चो जलाएको शव फेला परेको हो ।शव पूर्णरुपमा जलेको छैन शव देखेपछि स्थानीयले ईलाका प्रहरी कार्यालय गोलबजारलाई जानकारी गराएको थियो । पहिचान खुल्न नसेको उक्त पुरुषको शव पोस्टमार्टमका लागि अस्पताल लगेको छ ।
शवको भेटेको स्थानमा रगतका टाटाहरु देखिएको छ । घटनास्थलको प्रकृति हेर्दा हत्या गरेर हतारमा जलाउन खोजिएको प्रहरीको अनुमान छ ।
वडाध्यक्ष भगलु महतोले घटना शंकास्पद रहेको बताए । उनले भने, ’स्वभाविक मृत्यु हो भने परालले लास जलाइदैन । लासलाई अधकल्चो छोडिदैन । यो घटना शंकास्पद छ ।’