सर्लाही । जुवातास खेलेको आरोपमा सर्लाहीको हरिवनबाट ८ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट ३८ हजार रुपैयाँ भन्दा धेरै नगद पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
हरिवन नगरपालिका ५ घुर्कौलीस्थित सियाराम महतोको खेतमा रहेको पानी पटाउने मोटर राख्ने एककोठे पक्कीघरबाट उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिए ।
ठूलो रकमको हारजित हुनेगरी जुवातासको खेल भइरहेको विशेष सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई नगद ३८ हजार ४१० रुपैयाँसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हरिवन ६ का ३४ वर्षीय अशोककुमार राई, सोही ठाउँका ३९ वर्षीय हर्कमान तामाङ, हरिवन ५ का ४५ वर्षीय सियाराम महतो, सोही ठाउँका ३८ वर्षीय मोहन प्रसाद फुयाल, हरिवन ६ का २६ वर्षीय साजन कुमार मोक्तान, हरिवन ७ का ५० वर्षीय निर्मल कुमार घिसिङ, हरिवन ६ का ३५ वर्षीय श्रवण कुमार सिंह र सर्लाहीकै लालबन्दी नगरपालिका ७ का ५२ वर्षीय श्रीनारायण साह छन् ।
पक्राउ परेकाहरुलाई कानुन बमोजिम कारबाहीको लागि थप अनुसन्धान भइरहेको इन्सपेक्टर गिरीले जानकारी दिए ।
- दरबार हत्याकाण्डबारे पूर्वराजा ज्ञानेन्द्र शाहले २२ वर्षपछि पहिलो पटक मुख खोले, राजनीतिक दलहरुमाथि गम्भीर आरोप, हेर्नुहोस् पुरा भिडिओ :