धर्मेन्द्र पासवान/लहान : मधेश प्रदेश स्थित सिरहाको लहानमा रहेको एसओएसले निजी क्षेत्रमा फड्को मारेको जिल्ला उद्योग बाणिज्य संघ सिरहाको अध्यक्ष विकास शारदाले बताएका छन् । उनले एसओएसलाई नि:सन्देह उदाहरणीय कार्यहरू गरेको जिकिर गरेका छन् ।
स्कुल अफ स्कलर्स’द्वारा सञ्चालित शीतकालीन कार्यक्रमको समापन कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष शारदाले ‘एसओएसले जति पनि कार्यहरू गरिरहेको छ, समाजमा राम्रो छाप छाडीरहेको छ ।’ उनले विद्यालयमा शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलापले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य रहेको जिकिर छन् ।
खेलकुदले सामाजिक रूपान्तरण पनि ल्याएकोले विद्यार्थी जीवनमा यसको भूमिका अतुलनीय छ ।
‘एसओएस’ शीतकाली साप्ताहिक आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष विकास शारदाले सो कुरा बताएका हुन् ।
‘एसओएस’ स्कुलले करिब एक सातादेखि हिउँदे कार्यक्रम सञ्चालन गर्दै आएको विद्यालय प्रशासनले जानकारी दिएको छ । यस कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले आफ्नो रोजाइको क्षेत्रमा भाग लिएर प्रतिस्पर्धा गरेका थिए । कार्यक्रममा उनीहरुले गीत, संगीत, क्रिकेट खेल, फुटबल, ब्याडमिन्टन, चेस, दौड लगायत एक दर्जन विधामा आफ्नो सीप देखाएका थिए ।
एसओएस स्थापना भएको छोटो समयमा नै आफ्नो राम्रो छाप छोड्न सफल भएकोमा कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादवले खुला कण्ठले प्रशंसा गर्दै भने ‘एसओएसले आगामी दिनहरूमा सामाजिक मुद्दाहरूमा काम गरोस् । स्थापना भएको समय देखि नै नेपाल पत्रकार महासंघ सिरहाका शाखासँग बडो राम्रो सुमधुर सम्बन्ध रहेको छ ।
एसओएसले मिडियाबाजि मात्रै नभएर मिडियाकर्मी साथीहरूको सुझाव सल्लाह लिने सिरहाकै पहिलो विद्यालय रहेको छ । अन्य विद्यालयहरूले हामीलाई कुनै कार्यक्रममा बोलाउँदैंनन् । उनीहरूलाई लाग्छ कि हामी केही बिबादित कुरा भनी दिने हो कि ?
कार्यक्रमको अध्यक्षता गरेका ‘स्कूल अफ स्कलर्स’का प्रबन्ध निर्देशक सुदीपराज कुशवाहाले बसन्त पञ्चमीको शुभ अवसरमा प्लेग्रुपमा भर्नाका लागि आफ्नो विद्यालयमा रहेको मुख्य विशेषताहरूमा बाल केन्द्रित शिक्षा, अनुभवी मोन्टेसरी-प्रशिक्षित शिक्षिका, ह्यान्ड्स अन सिकाइ, बाल-नेतृत्व अन्वेषण, सुन्दर र उत्तेजक वातावरण, व्यक्तिगत शिक्षा योजनाहरू बहु-उमेर कक्षाहरू, अभिभावकको संलग्नता, सांस्कृतिक र विविधता अंगालो मोन्टेसरी, सामग्री तथा पाठ्यक्रम, बाहिरी शिक्षा मोन्टेसरी मानहरू र
समग्र विकास जस्ता शिक्षण सिकाइ प्रती हामी केन्द्रित रहेको जानकारी गराएका छन् ।
शीतकालीन कार्यक्रममा भाग लिएकाहरूमध्ये उत्कृष्ट विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि सिरहाका प्रतिष्ठित व्यापारी तथा जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष विकास शारदाले सम्मान मेडल र प्रमाणपत्र प्रदान गरेको थियो कार्यक्रम समापनमा प्रमुख अतिथिले वृक्षारोपण गरेर गरेका थिए ।