जनकपुरमा होटल कालिका एन्ड रेष्टुरेन्ट सञ्चालनमा, १५ % छुटको अफर


विपिन यादव, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित नयाँ सुविधा सम्पन्न होटल कालिका एन्ड रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ कदमचोकस्थित होटल कालिका एन्ड रेष्टुरेन्ट सञ्चालनमा आएको हो । (सोमबार) विधिवत रूपमा रिबन काटेर होटलको उद्घाटन गरिएको छ ।

कदमचोकदेखि शिवचोक जाने बाटोमा राजश्री बैंकको अगाडि र सेन्टर मार्टको माथिल्लो तल्लामा रहेको सो रेष्टुरेन्ट सुविधा सम्पन्न र स्टाइलिस्ट छ । रेष्टुरेन्टका लागि काठमाडौंसहित अन्य विभिन्न ठाउँबाट सेफ मगाइएको सञ्चालक सन्तोष रायले जानकारी दिए ।

उनले जनकपुरवासीलाई चाहिने स्वाद रेष्टुरेन्टका परिकारमा उपलब्ध हुने बताए । उनले काठमाडौंसहित अन्य ठूला सहरमा पाइने विभिन्न परिकारलाई सोही स्वादमा यहाँ उपलब्ध गराइने दाबी गरे ।

सञ्चालक रायले रेष्टुरेन्टको डिजाइनसमेत विदेशी शैलीमा गरिएको बताए । जनकपुरधामका होटल सञ्चालक रायले सवा एक करोडको लागतमा उक्त होटल सञ्चालनमा ल्याएका हुन् ।

उनका अनुसार, यहाँ वकिलटोल, कदमचोक, भानुचोक, शिवचोक, विषहाराचोक, क्याम्पसचोक, देवीचोक बस्ने बाहिरबाट आएका ग्राहकको टाढा जानुपर्ने बाध्यता हटनेछ ।

रेष्टुरेन्टमा सबै सुविधासहित हाई क्वालिटी फोटो र भिडियोसहित रिल्सका लागि समेत उपकरण उपलब्ध गराउने उनले बताए । सञ्चालक रायले ग्रान्ड ओपनिंगमा रेष्टुरेन्टमा आउने ग्राहकका लागि ७ दिनसम्म १५ प्रतिशत छुटको व्यवस्था गरिएको बताए ।

प्रकाशित : 27 February 2024 5:44 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ