अब प्रहरीहरु कसैको भाँडा माझेर र लुगा धोएर बस्दैनन् : गृहमन्त्री लामिछाने


काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला, जुत्ता कारखाना जग्गा प्रकरणमा सांसद विनोद चौधरीलाई कुनै प्रकारको प्रतिशोध नसाँधिएको बताएका छन्।

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लामिछानेले नेपाली काँग्रेसका सांसद विनोद चौधरीमाथि कुनै प्रकारको प्रतिशोध नसाँधिएको स्पष्ट पारेका हुन् ।

उनले विधिको शासनलाई पालना गरेर अनुसन्धान गरिएको बताए। उनले पूर्ण व्यवसायिक मान्छेले व्यक्तिगत, राजनीतिक वा व्यवसायिक प्रतिशोधलाई मध्येनजर राखेर नहेर्ने भन्दै त्यस्तो व्यक्ति राज्यको निकायमा बस्न लायकसमेत नहुने बताए।गृहमन्त्री लामिछानेले राष्ट्रसेवक प्रहरीहरु कसैको भाँडा माझेर र लुगा धोएर नबस्ने भन्दै सुरक्षा चुनौतिको अध्ययन बिना कसैलाई सुरक्षा अधिकृत नदिने बताए ।

उनले कुनैपनि प्रकरणहरुमा दोषी देखिएकाहरुलाई नछोड्ने बताए । कुनै व्यक्तिलाई त्यत्तिकै छोड्नुपर्ने अवस्था आएमा बरु आफूले पद छोड्ने गृहमन्त्री लामिछानेको भनाइ छ ।

प्रकाशित : २०८० चैत्र १४, बुधबार १६:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ