धनुषामा सांसद यादवको गाडीले मोटरसाइकलमा ठक्कर दियो, गुरमैता घाइते


जनकपुरधाम । धनुषा क्षेत्र २ बाट निर्वाचित नेपाली कांग्रेसका संघीय सांसद रामकृष्ण यादवले चढेको गाडीले मोटरसाइकलमा ठक्कर दिएपछि एकजना घाइते भएका छन् ।

शनिबार यदुकोहाबाट दुध लिएर जनकपुर आइरहेको स.४ प ५८६३ मोटरसाइकलमा सांसद यादव सवार बा.१६ च ८४८९ नम्बरको चारपांग्रे गाडीले तेतरियामा ठक्कर दिएको हो ।

ठक्कर खाएपछि मोटरसाइकल चालक शहिदनगर नगरपालिका ८ डुमरियाका ३३ वर्षीय जिबछ गुरमैता घाइते भएका छन् ।

घाइते गुरमैतालाई उपचारका लागि जनकपुरधामस्थित धनुषा अस्पतालमा लगिएको छ । उनको अबस्था गम्भीर रहेको बुझिएको छ ।

ठक्कर दिने सांसद यादवको गाडी प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रकाशित : 1 June 2024 2:32 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ