मधेशः जनमत नेतृत्वको सरकार किसानलाई पेन्सन दिने, किसान कार्ड पनि


जनकपुरधाम । मधेश सरकारले आगामी आर्थिक वर्षदेखि किसान कार्ड वितरण र किसानलाई पेन्सन दिने भएको छ ।

आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट शनिबार प्रदेशसभामा प्रस्तुत गर्दै अर्थमन्त्री भरत प्रसाद साहले किसान कार्ड र पेन्सनका लागि बजेट विनियोजन गरेको बताए ।

उनले कृषि विद्युतिकरण विस्तार र कृषि विल निःशुल्क गर्ने घोषणा पनि गरे । उनले धान, गहुँ र तेलहन बीउका लागि तथा कृषि सडक निर्माणका लागि पनि बजेट विनियोजन गरेको बताए ।

उनले एक पालिका एक कृषि उत्पादन कार्यक्रम सञ्चालन गरिने र पशुमा खोरेत रोगको प्रकोप देखिने गरेकाले खोरेत रोगमुक्त प्रदेशका लागि आवश्यक बजेट विनियोजन गरेको बतए ।

बजेटको पूर्णपाठ हेर्नुहोस् :

प्रकाशित : 16 June 2024 12:34 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ