दीपन्द्र अलराउन्डर वरियतामा उक्लिए, भारतका हार्दिक पाण्ड्यालाई पछि पारे

काठमाडौं । नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० अलराउन्डर वरियतामा छैटौँ स्थानमा उक्लिएका छन् । उनले भारतका हार्दिक पाण्ड्यालाई पछि पारेका छन् ।

आईसीसीले सार्वजनिक गरेको टी–२० अलराउन्डरको नयाँ वरियताक्रममा दीपेन्द्रले ३ स्थान सुधार गरेका हुन् । यसअघि उनी नवौं स्थानमा थिए ।

आईसीसीले जारी गरेको वरियता अनुसार अष्ट्रेलियाका मार्कस स्टोनिस विश्व अलराउन्डर वरियतामा एक स्थान सुधार गर्दै पहिलो स्थानमा उक्लिएका छन् ।

श्रीलंकाका वनिन्दा हसरङगा दोस्रो स्थानमा, बंगलादेशका शकिल अल हसन तेस्रो स्थानमा छन् । चौथो स्थानमा अफगानस्थानका मोहम्मद नाबी रहेका छन् भने पाँचौंमा जिम्बावेका सिकन्दर राजा रहेका छन् ।

सातौं नम्बरमा भारतका हार्दिक पाण्ड्या, आठौंमा इङ्ल्यान्डका लाइम लिभिङस्टोन र इंग्ल्यान्डकै मोइन अली नवौं स्थानमा छन् । शीर्ष १० मा दक्षिण अफ्रिकाका एडेन मक्रम पनि परेका छन् ।

प्रकाशित : 19 June 2024 5:18 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !