सात जिल्लामा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन सुझाव


काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज (बिहीबार) मुलुकका ७ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ।

बाढी महाशाखाले बिहीबार बिहान सूचना जारी गरी इलाम, झापा, ताप्लेजुङ, संखुवासभा, दोलखा, लमजुङ, तनहुँ रआसपास भई बहने केही ससाना नदीमा आकस्मिक बाढीको जोखिम रहेको जानकारी दिएको हो ।

महाशाखाका अनुसार आगामी ३ दिन कोसी र यसका प्रमुख सहायक नदीहरूमा बाढी सतर्कता आसपास रहने र अन्य अरुण, सुनकोसी तथा कन्काईमा जलसतह बढ्दो हुने अनुमान छ ।

यी क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ ।

प्रकाशित : २०८१ असार ६, बिहीबार १०:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ