काठमाडौं । अविरल वर्षाका कारण खसेको पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ ।
काभ्रेको रोशी गाउँपालिका ८ नर्के आसपासमा गएको पहिरोले राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
उता सिन्धुलीको सुनकोशी गाउँपालिका २ कमिरेफाड र गोलञ्जोर गाउँपालिका ६ को अक्करेभीरमा पहिरो जाँदा गएरातिबाट राजमार्ग अवरुद्ध भएको छ ।
सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका छन् । पहिरो पन्छ्याएर सडक सुरु गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
उता वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग पनि अवरुद्ध भएको छ ।
पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्दी नजिकै पहिरो खसेको छ । राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।