बङ्गलादेशमा मन्दिर जाने बाटा बन्द गरियो, बिहानैदेखि सेना परिचालन

बङ्गलादेशमा शेख हसीना पदमुक्त भइ देश छोडेपछि त्यहाँ हिन्दूहरूमाथि हिंसा लगातार बढिरहेको छ । आज बिहानैदेखि राजधानी ढाकाका मन्दिर जाने बाटो बन्द गरिएको छ । मन्दिर वरपर सेना तैनाथ गरिएको छ ।

यहाँका हिन्दुहरूले रातभर निदाउन नसकेको र आफूहरूमाथि अन्याए भएको बताउँदै आएका छन् । बङ्गलादेशमा अस्थायी सरकार गठन भइसकेको छ । तर, स्थिति अझै तनावपूर्ण रहेको छ । राजधानी ढाकाका सडकहरूमा प्रहरी देखिँदैनन् । सेनाले पूर्ण नियन्त्रण लिएको छ ।

त्यहाँका हिन्दू समुदाय मन्दिरहरूमा भएको हमलाविरुद्ध निरन्तर विरोध प्रदर्शन गरिहेका छन् । शनिबार देशभर हिन्दू समुदायले आफूहरूमाथि भइरहेको हिंसा विरुद्ध प्रदर्शन गरेक थिए ।

प्रदर्शनकारीहरूले भनेका छन्– यो देश सबैको हो, यसमा कुनै एक समुदायको अधिकार छैन । यस दौरान, प्रदर्शनकारीहरूले हिन्दूहरूको सुरक्षा सुनिश्चित गर्न कदम चाल्नको माग गरेका छन् ।

प्रदर्शनकारीहरूले चर्को श्वरमा नाराबाजी पनि गरेका थिए । मानिसहरूले भने, ‘यो देश कुनैको बाउको होइन, यसका लागि हामीले रगत दिएको छौँ, आवश्यकता परे फेरि रगत दिनेछौँ । बङ्गलादेश छोड्ने छैनौँ ।’

उनीहरूले हिन्दूहरूमाथि भइरहेको हिंसामा मौन रहने सामाजिक अभियन्ताप्रतिप्रति असन्तोष व्यक्त गरेका छन् । प्रदर्शनमा सहभागी कनु कुमारको हवालेले भने, बङ्गलादेशका हिन्दूहरू आफ्नो घर र धार्मिक स्थलहरूको सुरक्षा चाहन्छन् ।’

प्रकाशित : 11 August 2024 8:58 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !