बारामा आगोमा जलेर ७५ वर्षीया वृद्धाको मृत्यु


बारा । बारामा आगोमा जलेर ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ ।

प्रसौनी गाउँपालिका ७ बन्जरीया बस्ने ७५ वर्षीया रजिया साह कानुको आगोले जलेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आफ्नै घर अगाडि परालको आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा उनी जलेर गम्भीर घाइते भएकी थिइन् ।

स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेर थप उपचारको लागि काठमाडौँतर्फ लैजाने क्रममा गएराति बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८१ माघ ७, सोमबार १५:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ