कुकर्म लुकाउन कांग्रेस-एमाले मिलेका हुन् : राजेन्द्र महतो


रूपन्देही । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले कुकर्म लुकाउन कांग्रेस–एमाले मिलेको आरोप लगाएका छन् । उनले कुनै प्रकारले पनि अहिले देशको अवस्थालाई ठीक मान्न नसकिने र देश कुनै पनि क्षेत्रमा ठीकसँग अगाडि बढ्न नसकेको बताए ।

शनिबार बिहान रुपन्देहीको भैरहवामा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष महतोले देशको आर्थिक, सामाजिक, राजनीतिक अवस्था नाजुक रहेको बताए ।

मुलुकको सभ्यता र संस्कृतिमाथि दिनदहाडै आक्रमण भइरहेको उनको भनाइ छ । उनले पाथिभरामा केबुलकार निर्माण गर्न नहुने बताए । पर्यटन क्षेत्रको विकासको नाममा संस्कृति र सभ्यतामाथि आक्रमण गर्न नपाइने उनले बताए ।

लोकतान्त्रिक मूल्यमान्यताका लागि जनताले धेरै संघर्ष गरे पनि आज देशमा लोकतन्त्रमाथि संकट ल्याउने प्रयास गरिएको बताए । ‘यहाँ पक्ष र विपक्ष देखिएन, काँग्रेस र एमाले (पहिलो र दोस्रो पार्टी) लोकतान्त्रिक मूल्यमान्यताको हत्या गर्न पुगे’उनले भने, दुईटै मिलेर जे गरे पनि हुन्छ भन्ने मान्यताका साथ देशलाई अगाडि बढाउन खोजिरहेका छन् ।’

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका महतोले यो देशमा सत्ता पक्ष र प्रतिपक्ष नदेखिएको दावी गरे । आफ्नो कुकर्मलाई ढाकछोप गर्न दुई मुख्य पार्टी मिलेको उनले आरोप लगाए । आफ्नो सत्ता स्वार्थका लागि काँग्रेस–एमाले मिलेको उनले दावी गरे ।

प्रकाशित : 8 February 2025 11:50 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ