मौलापुरमा मधानी महोत्सव सुरु, महाकुम्भबाट भाइरल मोनालिसा पनि आउने


रौतहट । मौलापुर नगरपालिकाको आयोजनामा पतौरास्थित आजदेखि मधानी महोत्सव सुरु भएको छ ।

धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्त्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउने सङ्कल्प सहित सुरु भएको मधानी महायज्ञ पाँच दिनसम्म चल्नेछ ।

महोत्सवको उद्घाटन आम जनता पार्टीका अध्यक्ष प्रभु साह र मधेसको शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले संयुक्त गरिन् । प्रत्येक वर्ष भगवान् शिव पार्वतीकोको विवाह उत्सवको रूपमा मौलापुर नगरपालिकाले महोत्सवको आयोजना गर्दै आएको छ ।

मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहको अध्यक्षतामा सुरु भएको मधानी महोत्सवमा विभिन्न विद्यालयका विद्यार्थीहरूले शिक्षारसाक्षरत केन्द्रित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।

मधानी महायज्ञ प्राचीन यज्ञ भएको र यहाँ ब्राह्मण बिना नै मन्त्रको जप हुने गरेको छ । महोत्सव अन्तर्गत १२ फागुनमा शिव वरात यात्रा, १३ गते मधानी विशेष पूजा समारोह, १४ गते मधानी विशेष सांस्कृतिक समारोह र १५ गते मधानी विशेष दङ्गल कार्यक्रम रहेको छ ।

सांस्कृतिक कार्यक्रममा चर्चित भोजपुरी कलाकार रवि किसन र महाकुम्भबाट भाइरल भएकी मोनालिसा समेत सहभागि हुने बताइएको छ ।

प्रकाशित : २०८१ फाल्गुन ११, आईतवार २१:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ