जंगलमा भेटियो दुई यूवकको शव, अनुसन्धान जारी


कैलाली । धनगढी उपमहानगरपालिका ९ स्थित सालघारी सामुदायिक वनमा दुई युवकको शव भेटिएको छ ।

धनगढी उपमहानरपालिका १० का अन्दाजी ३० वर्षीय देवल चौधरी र सोही ठाउँका अन्दाजी ३२ वर्षीय कैदा रानाको शव फेला परेको हो ।

चौधरीको शव झुडिएको अवस्थामा र रानाको शव भुइँमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी तथा प्रवक्ता कविन्द्र सिंह बोहोराले जानकारी दिए ।

प्रहरी टोली घटनास्थल गएर मुचुल्का गरेर शव उठाएको छ । अब शव पोस्टमार्टमका लागि पठाउन लागिएको डिएसपी बोहराले बताए ।

प्रकाशित : २०८१ फाल्गुन १८, आईतवार १७:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ