जनकपुरमै पांग्रा छोडेर बुद्व एयरको जहाज जब काठमाडौं पुग्यो….


काठमाडौं । बुद्व एयरको जहाज जनकपुर विमानस्थलमै पांग्रा छोडेर काठमाडौं आइपुगेको घटना सार्वजनिक भएको छ । बिहीबार जनकपुरबाट काठमाडौं उडान भर्ने क्रममा जहाजको पांग्रा हराएको हो ।

बुद्व एयरको एटीआर ७२ जहाज अगाडिको एउटा पांग्रा बिना नै जनकपुरबाट उडान भरेको थियो ।जहाजको पांग्रा नभएकोबारे चालकदलका सदस्यहरूलाइ काठमाडौं ल्या्ण्ड हुने बेलामा मात्र जानकारी भएको हो ।

बुद्व एयरका प्रवक्ता रुपेश जोशीले पांग्रा बिनै उडान भरिएको स्वीकार गरे । उनले नेपाल प्रेससंग भने, `पांग्रा जनकपरमै छुटेछ । पछि काठमाडौं आईपुगेपछि थाहा पाईयो । तर, अगाडिको पांग्रा नभएपनि जहाज सुरक्षित अवतरण गरिएको छ ।´

उनका अनुसार अवतरण पछि पांग्रा खोजि गर्दा जनकपुर विमानस्थलमै छुटेको पाईएको छ । उक्त जहाजमा ६२ यात्रु रहेको उनले जानकारी दिए ।उक्त जहाजले जनकपुरबाट काठमाडौंका लागि दिउँसो ४ बजे उडान भरेको थियो ।

प्रकाशित : २०८१ फाल्गुन २२, बिहीबार २०:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ