मिटरब्याजको समस्या समाधान गर्न सरकारले बनायो तीन सदस्यीय आयोग


काठमाडौं । सरकारले अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेश गर्न तीन सदस्यीय आयोग गठन गरेको छ । फागुन २६ गते बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेश गर्न बाबुराम रेग्मीको अध्यक्षतामा भरतबहादुर बोहोरा र बद्रीप्रसाद भट्टराई सदस्य रहेको ३ सदस्यीय अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग, २०८१ गठन गर्ने निर्णय भएको आज सार्वजनिक निर्णयमा उल्लेख छ ।

अध्यक्ष रेग्मी उच्च अदालतका पूर्वन्यायाधीश हुन् । उनले विशेष अदालतको अध्यक्षका रुपमा समेत काम गरिसकेका छन् ।

प्रकाशित : २०८१ फाल्गुन २८, बुधबार १८:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ