स्वास्थ्य मन्त्री उपेन्द्र यादबको राजीनामा माग


काठमाडौं, २६ भदौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको राजीनामा माग गरेका छन् ।

बिहीबार बसको प्रतिनिधिसभाको बैठकमा सांसद गौतमले डेंगु नियन्त्रण गर्न असफल भएको भन्दै आफ्नो पदबाट स्वास्थ्य मन्त्री यादवले तत्काल राजीनामा दिनुपर्ने माग गरे । सभामुख कृष्णबहादुर महराले डेंगुको विषयमा सरकारको तर्फबाट मन्त्री यादवलाई तत्काल जवाफ दिन रुलिङ गरेपछि बोलेका सांसद गौतमले संसद र सरकारले कडा कदम चाल्नुपर्ने बताए ।

साँसद गौतमले दुई तिहाईको सरकारले काम नगर्ने मन्त्रीलाई कारबाही गर्नुपर्ने माग समेत गरे । उनले भने, ‘सामान्य रुलिङले मात्रै हुँदैन, स्वास्थ्य मन्त्रीको राजीनामाको माग गर्दछु । सरकार मुकदर्शक बनेर बस्न हुँदैन । तत्काल स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्छ ।’

साँसद गौतमले मन्त्री र तीन हजार जनता बिरामी परेको भएपनि स्वास्थ्य मन्त्री मौन बसेकाले तत्काल राजीनामा दिनुपर्ने तर्क गरेका छन् ।

प्रकाशित : २०७६ भाद्र २६, बिहीबार १३:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ