आईपीएल एक हप्ताका लागि स्थगित


काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) एक हप्ताका लागि स्थगित गरिएको छ ।

आईपीएलले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गर्दै एक हप्ताका लागि स्थगित गरिएको जनाएको हो । पोस्टमा भनिएको छ,‘आईपीएल २०२५ तत्काल लागू हुने गरी एक हप्ताको लागि स्थगित गरिएको छ।’

बिहीबार जम्मू र पठानकोटमा रेड अलर्ट जारी भएपछि धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको आईपीएल खेल बीचैमा रद्द गरिएको थियो ।

यसअघि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले पाकिस्तान सुपर लिग (पीएसएल)का बाँकी खेल संयुक्त अरब इमिरेट्स (युएई)मा आयोजना गर्ने निर्णय गरेको थियो ।

पीएसएलमा अझै आठ खेल खेल्न बाँकी छन् । रावलपिंडी, मुल्तान र लाहोरमा हुने भनिएका यी खेलहरू युएईमा हुनेछन् ।

प्रकाशित : २०८२ बैशाख २६, शुक्रबार १६:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ