१९ खर्ब डलरको ‘कोभिड राहत प्याकेज’ पारित


एजेन्सी : अमेरिकी कंग्रेसको तल्लो सदनले राष्ट्रपति जो बाइडनले अघि सारेको १९ खर्ब डलर बराबरको कोभिड राहत प्याकेज पारित गरेको छ ।

अहिलेसम्म अमेरिकाले कोभिड महामारीबाट पुनरुत्थानमा ५० खर्ब डलर खर्च गरिसकेको बताएको छ ।

राष्ट्रपति बाइडेनको १९ खर्ब डलरको प्याकेजले कोभिडको प्रभाव झेलिरहेका अमेरिकीहरूलाई राहत दिने बताइएको छ ।

बुधवार तल्लो सदन प्रतिनिधिसभाले यसलाई पार्टीगत बहुमतबाट पारित गरेको हो । मतदान हुँदा एकजना बाहेक सबै डेमाक्र्याट सांसदले यसको समर्थन गरेका थिए ।

राहातलाई रिपब्लिकन दलका सांसदहरूले भने अस्वीकार गरेका थिए । यसअघि माथिल्लो सदनले पनि यो प्याकेजलाई बहुमतबाट पारित गरेको थियो ।

अब यसलाई राष्ट्रपतिले हस्ताक्षर गरेपछि लागु हुनेछ । ह्वाइट हाउसका अनुसार यसमा शुक्रबार नै राष्ट्रपति बाइडेनले हस्ताक्षर गर्नेछन् ।

राष्ट्रपति बाइडेनले यो प्याकेजले देशको मेरुदण्ड–आवश्यक सेवाका कर्मचारी, देश निर्माण गर्ने श्रमिक अनि यो देश चलाउने आम मानिसहरूलाई महामारीको प्रभावसँग जुध्न सघाउ पुग्ने बताएका छन् ।

प्रकाशित : 11 March 2021 2:44 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ