अभियुक्त पक्रिन गएका इन्सपेक्टर राजीव गाउँलेको कुटाइबाट मारिए


भारतीय राज्य बिहारमा अभियुक्त पक्रन गएका एक प्रहरी निरीक्षक (इन्सपेक्टर) स्थानीयको कुटाइबाट मारिएका छन् ।

भारतीय पत्रिका हिन्दुस्तानका अनुसार सूचनाका आधारमा अपराधी पक्रिन मंगलबार मध्यराति सहकर्मीसहित लक्ष्मीपुर गाउँ पुगेका इन्स्पेक्टर राजीवकुमार मल्ल स्थानीयको आक्रमणमा परी मारिएका हुन् ।

फुल्काहा प्रहरी थानामा कार्यरत इन्सपेक्टर मल्ल मंगलबार राति करिब १ः३० बजे फुल्काहा थानाको लक्ष्मीपुर गाउँमा भीडको कुटपिटबाट मारिएका हुन् ।

उनको टोलीले अभियुक्तलाई नियन्त्रणमा पनि लिइसकेको थियो । तर गाउँलेले आक्रमण गरी उसलाई प्रहरीबाट छुटाए ।

एसपी अञ्जनी कुमारका अनुसार अपराधी बचाउने क्रममा इन्स्पेक्टर मल्लसँग गाउँलेको झडप भयो । उनी घाइते भएर भुइँमा ढले ।उपचारका लागि अस्पताल लगिए पनि उनको मृत्यु भयो ।

कुटपिटबाट इन्स्पेक्टरको मृत्यु भएपछि बिहारमा अहिले हंगामा मच्चिएको छ । प्रहरी कार्यालयमा पनि त्रास छ ।

प्रकाशित : 13 March 2025 11:26 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ