मोदीको घोषणा : १८ वर्षमाथिका नागरिकलाई निःशुल्क कोरोना खोप


काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १८ वर्षदेखि ४४ वर्षका युवाहरुलाई निशुल्क कोरोनाको भ्याक्सिन लगाउने घोषणा गरेका छन् । आज राष्ट्रका नाममा संवोधन गर्दै उनले सो घोषणा गरेका हुन् ।

मोदीले गरेको घोषणा अनुसार २१ जुनबाट निशुल्क खोप लगाउने कार्य सुरु गरिने छ । अब विभिन्न राज्यहरुले बढाएको खोप अभियान स्थगित गरी केन्द्र सरकारले नै सञ्चालन गर्ने उनले जानकारी दिए । मोदीले भने, ‘अब राज्य सरकारहरुले खोपका लागि एक रुपैयाँ पनि खर्च गर्नु पर्दैन । सबै केन्द्र सरकारले व्यहोर्छ ।’

हाल भारमा खोपका ५० प्रतिशत काम केन्द्र सरकार, २५ प्रतिशत राज्य सरकार र २५ प्रतिशत निजी क्षेत्रले गर्दै आएको छ । अब ७५ प्रतिशत हिस्सा केन्द्र सरकार र बाँकी निजी क्षेत्रले लिने नीति सरकारले लिएको हो । (एजेन्सी

प्रकाशित : 7 June 2021 7:18 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ