सूचना मागेपछि पत्रकार कुट्ने मेयरलाई कारबाही गर्न माग


जनकपुरधाम, १६ असोज । बाराका पत्रकार अनिल बर्मामाथि कुटपिट गर्ने महागढीमाई नग्पालिकाका मेयर उपेन्द्र यादवलाई कारबाही गर्न इन्टरनेशनल प्रेस क्लवले माग गरेको छ ।

क्लबका प्रदेश २ अध्यक्ष कुलदिप दास ‘प्रेम’ले आज विज्ञप्ती जारी गरेर सूचना माग गर्दा पत्रकार वर्मालाई कुटपिट गर्ने मेयर यादबमाथि कारबाहीको माग प्रशासनसँग गरेका हुन् । उनले कानूनी उपचार छाडेर कानूनलाई हातमा लिई कुटपिट गरेको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।

सिआइएन डटकमका संचालक समेत रहेका पत्रकार वर्माले नगरपालिका पुगेर सूचना माग गर्दा मेयर यादबले सिधा हातपात गरेको बताइएको छ ।

प्रकाशित : २०७६ आश्विन १६, बिहीबार १५:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ