रुसी सेनामा भर्ती भएका नेपाली युवा सन्दीप युक्रेनी कारबाहीमा मारिए


एजेन्सी । केही महिनाअगाडि मात्र रुसी सेनामा भर्ती भएका नेपालका सन्दीप थपलियाको युक्रेनी सेनाको कारबाहीमा परेर मृत्यु भएको छ ।

न्युयोर्क टाइम्सको रिपोर्टअनुसार युक्रेनको बाख्मुत शहरमा भएको युद्धमा नेपालका सन्दीप युक्रेनी सेनाको कारबाहीमा मारिएका हुन् । रुसले सन् २०२२ को फेब्रुअरीयता युक्रेनमा आक्रमण गरिरहेको छ । यस्तोमा रुस र युक्रेन दुवैले विदेशी मूलका मानिसहरूलाई सेनामा भर्ती गर्न थालेका छन् ।

केही समयअगाडि मात्र सन्दीपले आफ्नी बहिनी शान्तालाई आफू रुसी सेनामा भर्ती भएको खबर सुनाएका थिए । नेपालमा ल्याब टेक्निसियन पढेका उनी लामो समय जागिर नपाएपछि रुसी सेनामा भर्ना हुन रुस गएका थिए ।

सन्दीपलाई रुसी सेनामा महिनाको ७५ हजार रुबल अर्थात् नेपालको झण्डै १ लाख रुपैयाँ तलब दिने बताइएको थियो ।

अन्तिमपटक उनले परिवारलाई युद्धमा भएकाले पछि फोन गर्ने बताएका थिए । त्यसपछि उनी बाख्मुतको युद्धमा मारिए । न्युयोर्क टाइम्सका अनुसार सन्दीपजस्ता नेपाली युवाहरू रुस र युक्रेन दुवैतर्फका सेना बनेका छन् ।

प्रकाशित : २०८० कार्तिक ३, शुक्रबार १९:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ