पर्साका सिडिओलाई फेससबुक मार्फत गाली गर्ने पक्राउ


वीरगञ्ज, ८ भदौं : सामाजिक सञ्जाल फेसबुकमार्फत पर्साका प्रमुख जिल्ला अधिकारीलाई गाली गर्ने एकजना पक्राउ परेका छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराईलाई समाजिक सञ्जाल फेसबुकमार्फत गाली गलौज गर्ने बाराको सिम्रनगढ नगरपालिका वडा नम्बर ७ खजानी टोल घर भई श्री कंकाली अटो ट्रेडर्सको संचालक २५ वर्षीय शन्नि कुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।

गुप्तालाई प्रहरी हिरासतमा राखी आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित : 25 August 2019 12:30 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !